हेर्छु म जता ततै देख्दिन आफ्ना
हितैषी मित्रका ति साथीहरु
दुखै दुःखमा अल्झिएको
आफ्ना भन्ने कोही नपाएको
रुन्छु म घुक्क घुक्क
कोही छैनन् मेरा हितैषी मित्र
आँशु चुहिदिन्छ
लम्पसार परि सुतिदिन्छु
तकिया समाई साथीको साथ पाउँछु
अनयासै स्पर्श गरिदिन्छु
किनकी त्यस तकिया निर्जिव थियो
म रुन्थें, कराउँथे
सुति सुति त्यसलाई मुड्की वजार्थें
हिद्दैनथ्यो, कराउँदैनथ्यो
रुदैन पनि त्यो
मैल झारेका आँसुका वलिन्द्रा पिइदिन्थ्यो
मैले गरेका क्रियाकलाप सवै सहि दिन्थ्यो
त्यस कारण त त्यो निर्जिव थियो
तर पनि मेरो असल साथी हो
कुन बेला म आउँछु त्यो म भन्दैनथें
रिस लिएर आउँथें कि
विष पिएर आउँथे
त्यो त्यसले जान्दैन थियो
तर पनि चुपचाप सहि दिन्थ्यो
याद आउँछ फेरि पनि
गुन्गुनाउँछ तकिया अकंमाल गरि
निन्द्रामा आउछिन् ती सुन्दरी
तिनीलाई चुम्न समाउँछु सिरानी
सपनीमा मात्र म पाउँछु होला साथ
व्युझिँदा रहेछ छातीमा तकिया
हेर्दा राम्रो छ तिनीको वानी व्यहोरा
कुन साथीले पाउँछ होला तिनको साथ
कञ्चन तिनको मन
मन भन्दा पनि गहिरो छ
ति सुन्दरीको तन
केही छैन मैले त ......... हुँदैन
मेरो त सिरानी छ
मैले अाँट गर्न मिल्दैन
उनीवाट प्रस्ताव आए नकार्न
मेरो मनले दिंदैन ।









0 comments:
Post a Comment